+
+

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पाए सफाइ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १९:०६

१६ फागुन, काठमाडौं । विशेष अदालतले मध्यपहाडी राजमार्ग निर्माणका क्रमममा भ्रष्टाचारको आरोप लागेका सबै आरोपितलाई सफाइ दिएको छ ।

विशेष अदालतले बुधबार मध्यपहाडी लोकमार्गको आयोजना प्रमुख, कर्मचारी र निर्माण व्यवसायीमाथिको आरोप पुष्टि हुन नसक्ने फैसला गरेको हो ।

विशेष अदालतको फैसलाका कारण निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले पनि सफाई पाएका छन् । सडक निर्माणको ठेक्का पाएको महादेव–खिम्ती निर्माण सेवाका प्रवन्ध निर्देशक रहेका सिंहमाथि समेत भ्रष्टाचारमुद्दा दायर भएको थियो ।

अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापको इजलासले योजना प्रमुख विजय चापागाई, इञ्जिनियर दीपककुमार खड्का, सव–इञ्जिनियर गजेन्द्रप्रसाद राउत, लेखा अधिकृत दुर्गाप्रसाद फुयाँललाई सफाई दिएको हो ।

अख्तियारले मध्यपहाडी रोकमार्गको खोटाङ खण्ड निर्माणमा भ्रष्टाचार भएको दावी गर्दै ६८ लाख ९३ हजार रुपैंया विगो मागदावी सहित भ्रष्टाचारमुद्दा दायर गरेको हो ।
ठेक्का सम्झौता अनुसार, सडक निर्माणको काम नभएको भन्दै अख्तियारले १२ साउन, २०७८ मा भ्रष्टाचारमुद्दा दायर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?