+
+

गुल्मीमा आगो निभाउने क्रममा एक जना घाइते 

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १७:३७

१७ फागुन, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका- ४ मा बिहीबार दिउँसो  आगो निभाउने क्रममा जलेर  एक जना घाइते भएका छन् ।

स्थानीय नारायण पोखरेलको गोठमा लागेको आगो निभाउने क्रममा ३६ वर्षकी सीता बिक घाइते भएकी हुन् । उनके स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गोठमा कुँडो पकाउने क्रममा अचानक सल्किएर आगलागी भएको थियो । टिनको छानाको गोठमा आगलागी हुँदा एउटा भैंसी र पाडो पनि जलेर घाइते भएका छन् ।

आगलागीबाट करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?