+
+

पहिलो पटक बीपी स्मृति उसु सान्डा प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १७ गते १८:१२

१७ फागुन, काठमाडौं । ललितपुर उसु संघ र ललितपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रथम बीपी स्मृति राष्ट्रिय सान्डा उसु प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता आगामी वैशाख १३ देखि १५ सम्म पाटन मंगलबजार हातामा हुने आयोजकले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी जनाएको छ ।

उसुको दुई विधा हुने भएपनि नेपालमा पहिलो पटक उसुको सान्डा विधाको मात्र प्रतियोगिता हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्राष्ट्रिय उसु महासंघको नियमअनुसार खेलाइने संघका अध्यक्ष पञ्चराम महर्जनले बताए ।

उसुको सान्डा विधामा फाइट खेलहरु हुनेछ । यस प्रतियोगितामा पुरुषतर्फ पुरुषतर्फ ४८ केजी, ५३ केजी, ५६ केजी, ६० केजी, ६५ केजी, ७० केजी गरी ६ तथा तथा महिलातर्फ ४८ केजी, ५२ केजी, ५६ केजी र ६० केजी गरी कूल १० तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

प्रतियोगितामा सात प्रदेश टिम, आर्मी, पुलिस र एपीएफ क्लबका गरी १० टिमको सहभागिता रहने जिल्ला खेलकुद विकास समिति अध्यक्ष विनोद महर्जनले जानकारी दिए ।

उनका अनुसार सात प्रदेशबाट खेलाडी छनोट गरेर यस प्रतियोगितामा पठाइनेछ । हरेक तौल समूहमा एक एक गरी प्रत्येक टिममा १० खेलाडी हुनेछन् र कूल १०० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रत्येक तौल समूहका पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार तथा तेस्रो हुने दुई खेलाडीले २५ सय रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै सर्वोत्कृष्ट खेलाडीले १०-१० हजार पाउनेछन् ।

टिमतर्प च्याम्पियनले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुने टिमले १५ हजार रुपैयाँ पाउनेछन् ।

प्रतियोगिताका लागि ३१ लाख १२ हजार ५ सय रुपैयाँ अनुमानित बजेट रहेको छ । बजेट बढेको खण्डमा उत्कृष्ट टिमको पुरस्कार राशी समेत बढाइने आयोजकले जनाएको छ । ललितपुर उशु संघका अध्यक्ष पन्चराम महर्जनले प्रतियोगिताका लागि व्कयत्गत १० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?