+
+

राजदूत पराजुली र स्पेन चेम्बर अफ कमर्सका अधिकारीहरूबीच छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ६:४२

१८ फागुन, बार्सिलोना । स्पेनका लागि नेपालका राजदूत डा. शर्मिला पराजुली ढकालले स्पेन चेम्बर अफ कमर्सका अधिकारीहरूसँग बुधबार म्याड्रिडमा भेटवार्ता गरेकी छिन् ।

आगामी अप्रिल २८-२९ मा काठमाडौंमा हुने लगानी सम्मेलनमा सहभागी हुन आग्रह गर्दै राजदूत ढकालले अधिकारीहरुसँग छलफल गरेकी हुन् ।

उनले नेपालमा लगानीको सम्भावना रहेको बताउँदै स्पेनका लगानीकर्ताहरूलाई उपयोग गर्न आग्रह गरिन् । नेपालमा जलविद्युत र ग्रिन हाइड्रोजन, पर्यटनलगायतका क्षेत्रमा प्रचुर सम्भावना रहेको उनले बताइन् ।

राजदूत डा. पराजुलीले   नेपालको परराष्ट्र नीति ‘सबैसँग मित्रता, कसैसँग शत्रुता छैन’ भन्ने सिद्धान्तबाट निर्देशित रहेको भन्दै नेपालको आफ्ना छिमेकीसँग मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेको बताइन् ।

त्यसैगरी राजदूत डा. पराजुलीले २ अर्ब ८ करोड जनसंख्या रहेका भारत र चीनजस्ता मुलुकको  भू-जडित मुलुक नेपाल रहेको भन्दै यी देशसँगको व्यापार तथा सन्धि सम्झौताले नेपालको बजार झन् फराकिलो रहेको बताइन् ।

कार्यक्रममा स्पेन चेम्बर अफ कमर्सका अध्यक्ष जोसे लुइस बोनेट र प्रमुख कार्यकारी अधिकृत  इनमाकुलाडा रिएराले राजदूत डा. पराजुलीलाई स्वागत गरेका थिए ।

व्यापार, पर्यटन, प्राविधिक सहयोग र जलविद्युतलगायतका क्षेत्रमा नेपाल र स्पेनलाई कसरी जोड्न सकिन्छ ? भन्ने बारे सहभागीहरुले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?