+
+

शालिन पोखरेलको मृत्युको छानबिन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १८:३२

१८ फागुन, काठमाडौं । चितवनमा ८ कक्षामा अध्ययनरत शालिन पोखरेलले आत्महत्या गरेको नभई बलात्कारपछि हत्या भएको आरोप लगाउँदै नेविसंघले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघका कार्यकर्ताले काठमाडौंमा प्रदर्शन गरेको छ । नयाँ बानेश्वरमा प्रदर्शनमा उत्रिएका एक दर्जन बढी नेता कार्यकर्तालाई प्रहरीले पक्रेको नेविसंघका केन्द्रीय सदस्य सुनिल शर्माले जानकारी गराए ।

पक्राउ पर्नेमा वासुदेव न्यौपाने, विवेक लामिछाने, पूजा फुँयाल, सुदीप ढुङ्गाना, विजेन केसी, मोहन कालाथोकी, सन्तोष आचार्य, मोहम्मद अफ्ताबलगायत रहेको शर्माले जानकारी गराए ।

चितवन रत्ननगर–१० स्थित एकता शिशु निकेतन विद्यालयमा अध्ययनरत पोखरेल सोही स्कुलको होस्टेलमा झुण्डिएको अवस्थामा १२ फागुनमा भेटिएकी थिइन् । पोखरेलको परिवारले उनको बलात्कार पछि हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?