+
+

दुई कम्पनीका ३ औषधि गुणस्तरहीन भन्दै बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते १९:०१

१८ फागुन, काठमाडौं । औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्स प्रालि र फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित औषधि न्यून गुणस्तरको फेला पारेको छ ।

लोमस फर्मास्यूटिकल्स प्रालिको उत्पादित दुई प्रकारको औषधि न्यून गुणस्तरको फेला पारेको हो । विभागले एक महिनाको अन्तरालमा लोमसका चार प्रकारका औषधिमा न्यून गुणस्तरका भएको जनाएको छ ।

प्रयोगशाला परीक्षणका क्रममा लोमसबाट उत्पादित ‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेट न्यून गुणस्तरको पुष्टि भएको छ ।

न्यून गुणस्तरको पाइएपछि ती औषधि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

‘मेट्रो सस्पेन्सन’ नामक मेट्रोनिडाजोल औषधिको ब्याच नम्बर एमटीएस ०१२३ मा र ‘हेल्माप्रेन’ नामक अबलेन्डाजोल ४०० एमजी ट्याब्लेटको ब्याच नम्बर एचपी ०१२२ मा न्यून गुणस्तर पाइएको विभागले जनाएको छ ।

यसैगरी, विभागले परीक्षणका क्रममा फर्माको इन्टस्ट्रिज् लिमिटेडद्वारा उत्पादित ‘मेट्रो पी’ नामक मेट्रोनिडाजोल औषधि पनि न्यून गुणस्तरकोे भएको पुष्टि गरेको छ । सो औषधिको ब्याच नम्बर २२/०१ न्यून गुणस्तरीय पाइएपछि बिक्रीमा रोक लगाइएको विभागले जनाएको छ ।

विभागका अनुसार, बजार अनुगमनपछि शंका लागेर ती औषधिको नमूना परीक्षण गरिएको थियो । बजारमा पठाइएका औषधि गुणस्तरहीन रहेको पुष्टि भएसँगै विभागले तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।
औषधि ऐन २०३५ को दफा १४ बमोजिम विभागले बिक्री वितरण रोक्का गरी फिर्ता गर्न निर्देशन दिएको हो । खराबी देखिएका ब्याचका औषधिहरू बजारमा बिक्री वितरण, सिफारिस र प्रयोग समेत नगर्न सबैमा विभागले अनुरोध गरेको छ ।

उत्पादक कम्पनीलाई हाल बजारमा रहेको औषधि फिर्ता गरी सोको विवरण विभागमा बुझाउन निर्देशन समेत दिएको छ ।

विभागले माघ तेस्रो र चौथो सातामा लोमस फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको ओएनओ सिरप र पारासिटामोल न्यून गुणस्तरको पाइएको भन्दै बिक्रीमा रोक लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?