+
+

नेपाललाई चौथो सफलता, प्रतिश र करणले लिए २/२ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १९ गते १२:१८

१९ फागुन, काठमाडौं ।त्रिकोणात्मक टी-२० आई सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।

८औं ओभरको पहिलो र पाँचौ बलमा विकेट लिंदै प्रतिश जिसीले नेपाललाई चौथो सफलता दिलाएका हुन् ।

पहिलो बलमा जिसीले कप्तान स्कट एडवार्डलाई बोल्ड गरे भने पाँचौ बलमा म्याक्स ओडाउडलाई आउट गरेका हुन् ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।

पहिलो ओभरमा करण केसीले चौथो र अन्तिम बलमा विकेट लिंदै सुखद सुरुआत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?