+
+

कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरु)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८० फागुन १९ गते २०:०१

१९ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा शनिबार कीर्तिपुर मैदानमा नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गरिरहेको छ । नेदरल्याण्डसविरुद्ध पहिले बलिङ गरेको नेपालले उसलाई कम स्कोरमा नै रोकेको छ ।

कीर्तिपुर मैदानमा शनिबार दर्शकहरुको उल्लेख्य उपस्थिति छ । उनीहरु हुटिङ गरेर नेपाली खेलाडीलाई हौसला बढाइरहेका छन् । क्रिकेट मैदानको प्याराफिट र रुखमा समेत चढेर दर्शकले खेल हेरेका छन् । पछिल्ला दिनहरुमा नेपालले कीर्तिपुर मैदानमा राम्रो प्रदर्शन गर्न सकेको छैन ।

नामिबिया, नेदरल्याण्डस र नेपाल सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टू मा नेपालले खेलेका चारमध्ये एक खेलमात्र जितेको थियो । टी-२० आई सिरिजमा पनि नेपालले खेलेका तीनमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?