+
+

ग्रीन र लायनको उत्कृष्ट प्रदर्शनमा अष्ट्रेलियाको फराकिलो जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १३:२४

२० फागुन, काठमाडौं । अलराउन्डर क्यामरन ग्रीनको शतक र नाथन लायनको उत्कृष्ट बलिङमा भ्रमण टोली अष्ट्रेलियाले पहिलो टेस्ट खेलमा न्युजिल्यान्डलाई १७२ रनले हराएको छ । दुई खेलको सिरिजमा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि ३६९ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली न्युजिल्यान्ड १९६ रनमा अल आउट भयो । न्युजिल्यान्डका रचिन रविन्द्रले १०५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ र डर्याल मिचेल ३८ रन बनाए । अष्ट्रेलियाका स्पिनर नाथन लायनले सर्वाधिक ६ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया दोस्रो इनिङमा १६४ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा अष्ट्रेलियाले २०४ रनको अग्रता लिँदा बलियो लक्ष्य दिएको थियो । अष्ट्रेलियाका नाथन लायनले सर्वाधिक ४१ रन बनाए ।

उस्मान खवाजा २८, क्यामरन ग्रीन ३४ र ट्रविस हेड २९ रनमा आउट भए । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ५, म्याट हेनरीले ३ र टिम साउथीले २ विकेट लिए ।

न्युजिल्यान्ड पहिलो इनिङमा १७९ रनमा अल आउट भयो । न्युजिल्यान्डका ग्लेन फिलिप्सले ७० बलमा १३ चौकासहित सर्वाधिक ७१ रन बनाए । म्याट हेनरीले ३४ बलमा ३ चौका र ४ छक्कासहित ४२ र टम ब्लेन्डलले ३३ रन बनाए । अष्ट्रेलियाका नाथन लायनले ४ र जोश हेजलवुडले २ विकेट लिए ।

वेलिंग्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ३८३ रनमा अल आउट भएको थियो । क्यामरन ग्रीन २७५ बलमा २३ चौका र ५ छक्कासहित १७४ रनमा नट आउट रहे । ग्रीनको यो टेस्ट करिअरको दोस्रो र उत्कृष्ट शतक हो ।

मिचेल मार्श ४०, स्टिभ स्मिथ ३१ र उस्मान खवाजा ३३ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरीले ५ विकेट लिए । दोस्रो टेस्ट शुक्रबारदेखि सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?