+
+

कलंकी नापीका सर्भेक्षक चौलागाई र राजधानी लेखापढीका पोखरेलविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते १६:२१

२० फागुन, काठमाडौं । नापी कार्यालय, कलंकी काठमाडौंमा कार्यरत सर्भेक्षक लक्ष्मी प्रसाद चौलागाई र राजधानी लेखापढी सेवाका लेखापढी काम गर्ने नेत्र बहादुर पोखरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

जग्गा हालसाविक एवं कित्ताकाट गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनार्थ सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

उनीहरुले सेवाग्राहीबाट घुस मागिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सर्भेक्षक चौलागाई र लेखापढी काम गर्ने पोखरेललाई एक लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा लेखापढी काम गर्ने पोखरेलले जग्गा हालसाविक एवं कित्ताकाटसमेत गरी जग्गाधनी पूर्जा उपलब्ध गराउनको लागि सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएको र सो रकममध्ये सर्भेक्षक चौलागाईले जग्गा हालसाविकको काम गरिदिएवापत ५० हजार रुपैयाँ लिएको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

लेखापढी व्यवसायी पोखरेललाई एक लाख रुपैयाँ बिगो र बिगो बमोजिम जरिवाना तथा सर्भेक्षक चौलागाईलाई ५० हजार रुपैयाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबीसहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता घिमिरेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?