+
+
Shares
रिपोर्ट :

अख्तियार पदाधिकारीले दबाब झेल्न नसक्दा ‘टेरामक्स’ अनुसन्धान अलपत्र

अख्तियार प्रमुख प्रेमकुमार राईले ‘अनुसन्धान अन्तिम अवस्थामा पुगेको’ घोषणा गरेको दुई महिना बितिसक्दा समेत यसमा कुनै निर्णय भएको छैन । अख्तियार सूत्रका भनाइमा, चर्को राजनीतिक दबाब झेल्न विवश पदाधिकारीहरू ‘काम बाँकी रहेको’ भन्दै पन्छाइरहेका छन् ।

कृष्ण ज्ञवाली कृष्ण ज्ञवाली
२०८१ वैशाख १२ गते २०:००

१२ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ‘टेरामक्स प्रविधिको खरिदमा भएको अनियमिततामा अनुसन्धान अन्तिम चरणमा पुगेको’ बताएको दुई महिना बितिसकेको छ । तर, ‘केही समयभित्रै नतिजा आउन सक्छ’ भन्ने अभिव्यक्ति दिएको अख्तियार दुई महिनासम्म पनि त्यसबारेमा कुनै निर्णय नगरी बसेको छ ।

अनौपचारिक कुराकानीका क्रममा भने अख्तियारका उच्च पदस्थ अधिकारी र कर्मचारीहरू ठाडो राजनीतिक हस्तक्षेपका कारण नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद अनियमिततामाथिको अनुसन्धान अघि बढ्न नसकेको स्वीकार्छन् ।

टेरामक्स प्रकरणको अनियमिततामा मुछिएका केही नेता र उच्च प्रशासकहरूको संरक्षणका लागि अख्तियारका पदाधिकारीहरूले अहिले चर्को राजनीतिक हस्तक्षेप सामना गरिरहेका छन् । यसैकारण अनुसन्धान टुंग्याएको महिनौं बितिसक्दा पनि उसले उक्त फाइलमाथि कुनै निर्णय गर्न नसकेको हो ।

‘प्रमुख दलका प्रभावकारी नेताहरू जोडिएकाले सबैतिरबाट दबाब परेको छ, हाम्रा पदाधिकारीहरूल