+
+

सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि सुरु हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २०:०७

२० फागुन, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको पाँचौं  प्रतियोगिता, सूर्य नेपाल च्यालेन्ज सोमबारदेखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ ।

चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३१ प्रोफेसनल र ११ एमेच्योर खेलाडीले दाबेदारी प्रस्तुत गर्ने प्रोफेसनल गल्फर्स एसोसिएसन नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन् । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ ।

कुल ५ लाख ७२ हजार २ सय ५० नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले नगद १ लाख पुरस्कार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ६७ हजार र ४८ हजार हात पार्नेछन् । यसैगरी चौथो हुनेलाई ४० हजार र पाँचौ हुनेलाई ३६ हजार प्रदान गरिनेछ । कट बनाउने २१ प्रोफेसनल गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई प्रतिस्पर्धामक बनाउनको लागि रोयल नेपाल गल्फ क्लबको कोर्सलाई पनि केहि अप्ठयारो बनाइएको छ । जसले गर्दा प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी सुरू गरिसकेका छन् ।

तीन वटा रेकर्ड सहित सूर्य नेपाल वेस्टर्न ओपन जितेका भुवन नगरकोटी यो प्रतियोगिताको प्रमुख दाबेदार हुन् । यस्तै यो सिजनको सुरूवात सानदार गरेका दिनेश प्रजापतिसँगै रवि खड्का र जयराम श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गर्ने अनुमान गरिएको छ ।

प्रोफेसनल गल्फरहरूलाई युवा एमेच्योर तथा डिफेन्डिङ्ग च्याम्पियन सदभाव आचार्यले कडा चुनौती दिनेछन् । गत सिजन सबैभन्दा कम उमेरमा सूर्य नेपाल च्यालेन्ज जितेर इतिहास बनाएका सदभाव पनि उच्च फर्ममा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?