+
+

सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि एमेच्योर गल्फर सदभाव शीर्षस्थानमै

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १८:०३

६ मंसिर, काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन राष्ट्रिय टिमका एमेच्योर गल्फर सदभाव आचार्य ४ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहन सफल भएका छन।

गोकर्ण गल्फ क्लबमा सदभावले आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १४-अन्डर २ सय २ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ४ स्ट्रोकले पछि पारे । चार स्ट्रोकको अग्रतामा सदभावले उपाधि जित्ने संभावना बलियो बनाएका छन् ।

दिनेशले ३-अन्डर ६९ अंक जोडदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा कायमै रहेका छन् । उनी प्रोफेसनलतर्फ भने सबैभन्दा अगाडि रहेका छन् ।

समग्रमा ७-अन्डर ३ सय ९ को सानदार स्कोरमा भुवन नगरकोटी तेस्रो स्थानमा उक्लिए। भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा ७-अण्डर ६५ खेले ।

सञ्जय लामा र जयराम श्रेष्ठ संयुक्तरुपमा चौथो स्थानमा रहेका छन। आज सञ्जयले ३-अन्डर ६९ र जयरामले ३-ओभर ७५ को प्रदर्शन गरे । धन बहादुर थापा र एमेच्योर खेलाडी टासी छिरिङ समग्रमा इभन-पार २ सय १६ सहित संयुक्तरुपमा छैटौ स्थानमा रहे। धनले आज १-ओभर ७३ र टासीले २-ओभर ७४ स्कोर गरे ।

आज १-ओभर ७३ अंक बनाएका नीरज तामाङ समग्रमा २-ओभर २ सय १८ सहित आठौं स्थानमा रहेका छन् । यस्तै समग्रमा ४-ओभर २ सय २० सहित रबि खड्का र प्रदीप कुमार लामा संयुक्तरुपमा नवौँ स्थान बाँडे । रबिले आज इभन-पार ७२ र प्रदीप कुमार लामाले २-ओभर ७४ को स्कोर गरे ।

यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका सदभावले आज पनि लोभलाग्दो सुरूवात गरे। दोस्रो देखि पाँचौँ होलमा लगातार चार बर्डी प्रहार गरे । ३-पारको आठौं होलमा एक सट खेर फाले । नवौं होलको बर्डीले फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनको सुरूवात पनि राम्रो गरे ।

१० औं होलमा बर्डी र ५-पारको ११औं होलमा इगलको सफलता प्राप्त गरे। यतिखेर सदभावले ७-अन्डर बनाइसकेका थिए। तर उनले यो स्कोरलाई कायमै राख्न सकेनन् । १५औं, १६औं र १७औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए ।

दिनेशले दिनको सुरूवात बोगीबाट गरे । यसपछि चौथो, छैटौं, सातौं, र आठौं होलमा बर्डी प्रहार गरे। फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। यसपछि १२औं होलमा बर्डी र १५औं होलमा बोगी प्रहार गर्दा ब्याक नाइन इभन-पार ३६ मा सकाए।

भुवनले आज दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। उनले तेस्रो, चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। ३-पारको आठौं‌ होलमा भने डबल बोगी खेपे। यसपछि १०औं, ११औ, १३औं र १७औं होलमा बर्डी प्रहार गर्दै ब्याक नाइन ४-अन्डर ३२ मा पूरा गरे ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?