+
+

सूर्य नेपाल सेन्ट्रल ओपन : पहिलो दिन एमेच्योर टासी छिरिङ शीर्षस्थानमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते १९:३३

४ मंसिर, काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन एमेच्योर गल्फर टासी छिरिङ शीर्षस्थानमा छन् ।

गोकर्ण गल्फ क्लबमा सोमबार ७-अन्डर ६५ को स्कोरसहित टासीले राष्ट्रिय टिमका युवा एमेच्योर गल्फर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारे ।

पहिलो दिन दुई एमेच्योर गल्फरले ३३ प्रोफेसनल गल्फरलाई पछि पारे। टासी शीर्षस्थानमा रहँदा सदभाव आचार्य ६- अन्डर ६६ स्कोर सहित दोस्रो स्थानमा छन् ।

प्रोफेसनलतर्फ अगाडि रहेका धरानका प्रो गल्फर नीरज तामाङ ३-अन्डर ६९ सहित तेस्रो स्थानमा रहेका छन् । उनी लिडर  टासी भन्दा ४ स्ट्रोकले पछि छन्।

शीर्षस्थानमा रहने क्रममा टासीले उत्कृष्ट सुरुवात गर्दै फ्रन्ट नाइन ७-अन्डर २९ मा पूरा गरे। यो क्रममा उनले दोस्रो, छैटौं, सातौं, आठौं र नवौं होलमा बर्डी प्रहार गरे। पाँच पारको तेस्रो होलमा भने इगलको सफलता प्राप्त गरे। यसपछि १३औं, १५औ, र १७औं होलमा एक-एक सट बचाए पनि १२औं, १७औं र १८औं होलमा बोगी खेप्दै ब्याक नाइन इभन-पार ३६ मा सकाए।

सदभावले फ्रन्ट र ब्याक नाइन दुवै ३-अन्डर ३३ मा पूरा गरे। दोस्रो होलमा बोगी खेपे पनि तेस्रो, चौथो, छैटौं र नवौं होलमा बर्डी प्रहार गरे। ११औ, १२औं, १४औं र १७औं होलमा एक-एक सट बचाए। १६औं होलमा बोगीको सामना गरे।

तेस्रो स्थानमा रहेका नीरजले फ्रन्ट नाइन १ अन्डर ३५ मा सकाउने क्रममा पहिलो र तेस्रो होलमा बर्डी हाने भने आठौं होलमा एक सट खेर फाले। उनले ब्याक नाइन २-अन्डर ३४ मा सकाए। यो क्रममा १०औं र १४औं होलमा बर्डी प्रहार गरे भने ११औं र १६औं होलमा बोगी खेप्दा १२औं होलमा इगलको सफलता प्राप्त गरे।

२-अन्डर ७० सहित जयराम श्रेष्ठ चौंथो स्थानमा रहँदा १-अन्डर ७१ को नतिजामा तोरण विक्रम शाही पाँचौ स्थानमा छन् । इभन-पार ७२ को स्कोरमा दिनेश प्रजापति र प्रदीप कुमार लामाले संयुक्तरुपमा छैटौं स्थान बाँडे । यसैगरी तीन गल्फर पशुपति शर्मा, भुवन नगरकोटी र बलभद्र राई संयुक्तरुपमा आठौं स्थानमा छन। उनीहरूले १-ओभर ७३ को कार्ड बनाए ।

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता छ । दोस्रो दिनको समाप्तीमा उत्कृष्ट २१ प्रोफेसनल गल्फर र ५ एमेच्योर खेलाडीले कट बनाउनेछन् ।

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?