+
भुटान राष्ट्रिय महिला लिग :

भुटान राष्ट्रिय महिला लिग : रेनुका र सरुको गोलमा ट्रान्सपोर्ट युनाइटेडमाथि पारोको सानदार जित

२०८३ साउन  १७ गते २२:१० २०८३ साउन १७ गते २२:१०

भुटानको महिला राष्ट्रिय लिगमा रेनुका नगरकोटे र सरु लिम्बुले पाराो एफसीका लागि पहिलो खेलमै गोल गरेका हुन् ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बुले भुटानको राष्ट्रिय महिला लिगमा पारो एफसीका लागि गोल गरेका छन् ।
  • पारो एफसीले ट्रान्सपोर्ट युनाइटेडलाई ५-१ गोलअन्तरले पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको छ ।
  • नेपालमा फुटबल गतिविधि ठप्प भएपछि नेपाली खेलाडीहरू विदेशका लिग खेल्न बाध्य भएका छन् ।

१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमका दुई मिडफिल्डर रेनुका नगरकोटे र सरु लिम्बुले भुटानको राष्ट्रिय महिला लिगमा पारो एफसीका लागि पहिलो खेलमै गोल गर्दै टिमलाई जित दिलाउन मदत गरेका छन् ।

रेनुका र सरुले आइतबार भएको खेलमा ७ नेपाली खेलाडी सम्मिलित ट्रान्सपोर्ट युनाइटेड लेडिज टिम विरुद्ध गोल गरेका हुन् ।

यस खेल पारो एफसीले ५-१ ले जित्दै विजयी सुरुवात गरेको छ । रेनुका र सरुले पहिलो पटक भुटानको लिग खेलेका हुन् । पारोका लागि केल्जाङ वाङ्ग्मो, काड्डी जालो र उडे कोलेले पनि एक-एक गोल गरे ।

ट्रान्सपोर्ट युनाइटेडमा पनि नेपाली खेलाडी खेलेका थिए । राष्ट्रिय टिमकी गीता राना, रश्मि कुमारी घिसिङ, दीपा शाही, मिना देउवा र प्रतिक्षा चौधरीले पहिलो रोजाईमै खेलेका थिए । यस बाहेक ट्रान्सपोर्टमा अनिता केसी र समिक्षा घिमिरे पनि आबद्ध छन् ।

पारोका लागि सानदार गोल गरेकी रेनुका खेलको प्लेअर अफ दि म्याच समेत घोषित भइन् ।

ट्रान्सपोर्ट युनाइटेडका लागि योशी छोदेनले एक गोल फर्काइन् । उनले रश्मि घिसिङको असिस्टमा गोल गरेकी हुन् ।

फिफाले एन्फालाई निलम्बन गरेपछि हाल नेपालमा फुटबल गतिविधि नहुँदा नेपाली खेलाडी भुटान लगायत विदेशी लिगमा गएर खेलिरहेका छन् ।

रेनुका र सरु सम्मिलित पारो एफसी टिम ।
ट्रान्सपोर्ट युनाइटेड लेडिज टिममा ७ नेपाली खेलाडी छन् । जसमा गीता राना, रश्मि घिसिङ, दीपा शाही, मिना देउवा र प्रतिक्षा चौधरीले पहिलो रोजाईँमे खेलेका थिए ।

PHOTO: FB/BhutanWomen’sNationalLeague

भुटान राष्ट्रिय महिला लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय