News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी युरोप टी-१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।
- एनआरएनए एनसीसी पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर १४ देखि १६ सम्म लिस्बनमा हुने प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीको सहभागिता रहने छ ।
- प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएका छन् ।
१७ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनुभवी खेलाडी विनोद भण्डारी आगामी सेप्टेम्बरमा पोर्चुगलमा आयोजना हुने युरोप टी–१० क्रिकेट प्रतियोगिता २०२६ का लागि ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) पोर्चुगलको आयोजनामा हुने प्रतियोगिताको प्रचारप्रसारका लागि भण्डारी बिहीबार नेदरल्यान्ड्सबाट पोर्चुगलको राजधानी लिस्बन पुगेका हुन् ।
यस अवसरमा एनआरएनए एनसीसी पोर्चुगलले लिस्बनमा पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे औपचारिक जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
आगामी सेप्टेम्बर १४ देखि १६ सम्म पोर्चुगलको राजधानी लिस्बनमा हुने उक्त प्रतियोगितामा युरोपका विभिन्न देशमा रहेका नेपाली क्रिकेट टोलीहरूको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा हालसम्मकै ठूलो पुरस्कार राशि रहने दाबी गरिएको छ ।
यस्तै, प्रतियोगिताका सम्पूर्ण खेलहरू युरोपियन क्रिकेट नेटवर्क (ईसीएन) मार्फत प्रत्यक्ष प्रसारण गरिने आयोजकले जानकारी दिएको छ ।
यस प्रतियोगिताले युरोपका विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटप्रेमी तथा नेपाली समुदायलाई एउटै साझा मञ्चमा जोड्दै आपसी भाइचारा, एकता र सहकार्यलाई थप मजबुत बनाउने आयोजकको विश्वास छ ।

प्रतिक्रिया 4