News Summary
Generated by OK AI. Editorially reviewed.- बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा नेपालकै पहिलो ऐतिहासिक खेलकुद प्रदर्शनी 'बियोन्ट दी मेडल्स' मङ्गलबारदेखि सुरु भएको छ ।
- शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदर्शनीको उद्घाटन गर्दै सरकारले संग्रहालयलाई व्यवस्थित गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
- नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सोन्सी श्रेष्ठले आफ्ना मातापिताको सपना पूरा गर्न र खेलकुदको इतिहास संरक्षण गर्न आफू प्रतिबद्ध रहेको बताइन् ।
१९ साउन, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयको आयोजनामा पहिलो पटक ऐतिहासिक खेलकुद प्रदर्शनी मंगलबार देखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको छ ।
‘बियोन्ट दी मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ नाममा नेपालकै पहिलो खेलकुद सामाग्री प्रदर्शनीको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रदर्शनीको उद्घाटन गरे ।
स्व. क्षितिज अरुण श्रेष्ठले सन् १९९४ मा नेपाल र दक्षिण एसियाकै पहिलो खेलकुद संग्रहालय स्थापना गरेका थिए ।
अध्यक्ष नेपाल ओलम्पिक संग्रहालयकी अध्यक्ष सोन्सी श्रेष्ठले आफ्नो बुबा स्व. क्षितिज अरुण श्रेष्ठ र आमा स्व. मन्जु तुलाधरको सम्झनामा खेलकुद प्रदर्शनी आयोजना गरिएको र यसमा आफूलाई गाैरव लागेको बताईन् ।
उनले आफ्नो बुबा र आमाको सपना पूरा गर्नका आफू र आफ्नो टिम पूर्ण रुपमा लाग्ने बताइन् । ‘बुबाले ३३ वर्षअघि सुरु गर्नुभएको नेपाल ओलम्पिक संग्राहलय फैलाउने र यसलाई अझ व्यवस्थित गर्ने योजना छ, उनले भनिन्, ‘यो हाम्रो खेलकुदको अमूल्य ईतिहास हो । मेरो लक्ष्य बुबा आमाको सपना पूरा गर्नु हो’ श्रेष्ठले भनिन् ।
शिक्षा तथा खृलकुद मन्त्री पोखरेलले नेपाली खेलकुदको इतिहास बोकेको संग्रहालयलाई अझ व्यवस्थित गर्ने र यसका लागि सरकारले पनि सक्दो सहयोग गर्ने बताए ।
तीन दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली खेफकुदको ईतिहास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदको सहभागिता र जितेको मेडलहरु देखि ऐतिहासिक क्षणहरु समावेश सामाग्रीहरु राखिएको छ ।
तस्वीरहरू : विकास श्रेष्ठ








प्रतिक्रिया 4