+
+

देउवाले गरे कांग्रेसका मन्त्रीहरुसँग छलफल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते २१:१४

२० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरुसँग छलफल गरेका छन् ।

पार्टीबाट सरकारमा गएका नेताहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा बोलाएर छलफल गरेका हुन् । एक मन्त्रीका अनुसार बजेटको सिलिङ र मन्त्रीहरुको काम कारबाहीबारे छलफल भएको थियो । संसदीय दलका प्रमुख सचेतक रमेश लेखक र राष्ट्रियसभा सदस्य कृष्ण सिटौला समेत उपस्थित थिए ।

छलफलमा देउवाले मन्त्रीहरुको काम कारबाहीप्रति असन्तुष्टि जनाएका छन् । ‘संसदमा उपस्थिति र प्रस्तुति दुबै कमजोर भयो, राम्रो हुनुपर्‍यो भन्नुभएको छ’ एक मन्त्रीले भने ।

छलफलमा खेलकुदमन्त्री डिगबहादुर लिम्बु भने अनुपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?