+
+

‘राइट टू प्रोट्रिन रन’ चैत १० गते हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते ८:३२

२१ फागुन, काठमाडौं । नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा ‘राइट टू प्रोट्रिन रन’ आउने चैत १० गते हुने भएको छ ।

आयोजकले आइतबार पत्रकार सम्मेलन गर्दै तेस्रो संस्करणमा हाफ म्याराथनसहित विभिन्न विधाका दौडहरु आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यस वर्ष हाफ म्याराथनसहित पुरुष १० किलोमिटर, महिला ५ किलोमिटर, १२ कक्षासम्मको ५ किलोमिटरसहितका विभिन्न स्पर्धा राखिएको जानकारी गराएको छ ।

दशरथ रंगाशालाबाट सुरु हुने दौड सोही स्थानमा आएर समापन हुने आयोजकले जनाएको छ ।

यस वर्ष दौडमा ७ हजार जनालाई सहभागी गराउने लक्ष्य राखिएको एशोसिएसनले जनाएको छ । गत वर्ष ५ हजारले दौडमा भाग लिएको आयोजकले दाबी गरेको छ ।

प्रतियोगितामा पुरस्कार राशि कुल १४ लाख १२ हजार रुपैयाँ राखिएको छ । हाफ म्याराथनतर्फको विजेताले एक लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहभागी हुन सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने र सहभागीलाई दर्तावापत टिसर्ट र रिफ्रेसमेन्ट प्रदान गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?