+
+

जुम्लाका दुर्गबहादुरलाई २ सेकेण्डले पछि पार्दै मुकेशले जिते हेटौंडा रनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ११:२५

१८, फागुन, हेटौंडा । खुल्ला राष्ट्रिय पुरुष हेटौंडा रन-२०८० को उपाधि काठमाडौंका मुकेश पालले जितेका छन् ।

हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक हेटौंडामा भएको प्रतियोगितामा पालले निर्धारित पाँच किलोमिटरको दूरी १५ मिनेट २२ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् ।

उनले नगद ६० हजार राशि पुरस्कार पाए । पालले १८ जिल्लाका ९२ जना प्रतिस्पर्धीलाई पछि पारेर उपाधि जितेका हुन् ।

जुम्लाका दुर्गाबहादुर बुढा २ सेकेण्डलेमात्रै पछि परे । उनले १५ मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पार गरेका थिए । बुढाले नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।

काठमाडौंका सञ्जय श्रेष्ठ तेस्रो भए । उनले १५ मिनेट ३० सेकेण्डमा निर्धारित दूरी पार गर्दै नगद ४० हजार रुपियाँ पुरस्कार पाएका छन् ।

प्रतियोगितामा सहभागी भएकामध्ये चौथो र पाँचौं भएका काठमाडौंका टंक कार्की र दाङका नागेश्वर ऐरीले सन्त्वना पुरस्कार स्वरुप नगद १०/१० हजार रुपियाँ प्राप्त गरे ।

हेटौंडाको मुख्य चौक बुद्धचोकबाट सुरु भएको दौड पारिजात पथ हुँदै पुनः बुद्ध चौकमा आइपुगेर टुंगिएको थियो ।

प्रतियोगितामा विजयी भएकाहरूलाई हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा, नगर उपप्रमुख राजेश बानियाँ र प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा सहभागी ९२ मध्ये हेटौंडा–२ का ६९ वर्षीय प्रेमजी श्रेष्ठलाई सम्मान गरिएको थियो । पाको उमेरमा पनि खेलप्रतिको लगाब र लगनशिलताका लागि नगर प्रमुख, उपप्रमुखले प्रशंसा गर्दै सम्मान गरेका हुन ।
मेयर लामाले उपमहानगरले खेलकुलको विकासमा गरेको लगानीले नगरका खेलकुदको विकाससँगै खेलाडी उत्पादनमा भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?