+
+

सुर्खेतमा कर्णाली महिला सम्मेलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते १४:५७

२१ फागुन, सुर्खेत । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सोमबार कर्णालीको राजधानी वीरेन्द्रनगरमा प्रथम कर्णाली प्रदेश महिला सम्मेलन सुरु भएको छ ।

सम्मेलनको उद्घाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छन् । सम्मेलन उद्घाटन सत्र र सामूहिक छलफल गरी दुई चरणमा चल्ने वीरेन्द्रनगरकी मेयर मोहनमाया ढकालले जानकारी दिइन् ।

वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा गरिएको उक्त सम्मेलनको नारा ‘महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी’ राखिएको छ । कर्णाली प्रदेशको सम्भावना, अवसर र चुनौतीको विषयलाई उजागर गर्न प्रथम महिला सम्मेलनले विशेष भूमिका खेल्ने मेयर ढकालले बताइन् ।

‘कर्णालीको समग्र विकासका लागि सबैको साझा बुझाइ बनाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ’, मेयर ढकालले भनिन् । विकासमा लैङ्गिक समावेशिता आवश्यक रहेको र सम्मेलनले उक्त विषयमा वकालत गर्ने अपेक्षा गरिएको ढकालले बताइन् ।

स्थानीय तहले बनाउने नीतिहरू पूर्ण रूपमा समावेशी हुनुपर्ने साझा बुझाइ स्थापित गर्न सम्मेलन कोसेढुंगा बन्ने बताइएको छ । सम्मेलनको दोस्रो सत्रमा सामूहिक छलफल गरिने र त्यसबाट निस्किएका निष्कर्षका आधारमा सुर्खेत घोषणापत्र जारी गरिने मेयर ढकालले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?