+
+

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबलको उपाधि एपीएफ र सुदूरपश्चिमलाई

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २१ गते २०:२३

२१ फागुन, पोखरा । पोखरामा भएको विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदुरपश्चिम प्रदेशले जितेका छन् ।

सोमबार पोखरा रंगशालाको बास्केटबल कोर्टमा भएको फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मीलाई र सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई पराजित गर्दै उपाधि जितेका हुन् ।

निकै रोमाञ्चक फाइनल खेलमा एपीएफले आर्मीलाई २९–२८ स्कोरले पराजित गरेको हो ।

सेमिफाइनलमा बागमती प्रदेशलाई २३–१३ स्कोरको अन्तरले पाखा लगाउँदै आर्मी फाइनल प्रवेश गरेको थियो । एपीएफले लुम्बिनी प्रदेशविरुद्ध ५०–३० को जित निकाल्दै आर्मीसँग फाइनल भिडन्त पक्का गरेको थियो ।

लुम्बिनीलाई हराउँदै बाग्मती प्रदेशले तेस्रो स्थान प्राप्त गर्न सफल भयो ।

महिलातर्फको उपाधि सुदूरपश्चिमलाई

महिलातर्फको फाइनल खेलमा सुदुरपश्चिमले लुम्बिनीलाई हराउँदै उपाधि जितेको छ । सुदूरपश्चिमले लुम्बिनीलाई ८–४ स्कोरले जित हात पारेको हो ।

सेमिफाइनलमा लुम्बिनीले कोशी प्रदेशलाई १३–६ स्कोरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

सुदूरपश्चिम प्रदेशले बाग्मतीलाई १०–६ स्कोरले पराजित गर्दै फाइनल भिडन्त पक्का ग¥यो । बागमतीलाई कोशी प्रदेशले पराजित गर्दैै तेस्रो स्थान पक्का गरेको छ ।

प्रतियोगितामा महिला पुरुष दुवै विधाका विजेता, उपविजेता र तेस्रो हुने टोलीले क्रमशः ५० हजार, ४० हजार र ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशका पिताम्बर थापा प्रतियोगिताको उदीयमान खेलाडी घोषित भए । उनले ३ हजार रुपैयाँको साथमा ट्र्फी प्राप्त गरेका छन् ।

पुरुषतर्फ एपीएफका प्रेमबहादुर विक र महिलातर्फ सुदुरपश्चिमकी तुलसा थापा मगर हाइस्कोरर बने । सुदूरपश्चिमकी इश्वरीकुमारी कुमाल र एपीएफका डम्बरबहादुर मगर मोस्ट भ्यालुएवल खेलाडी बने । हाइस्कोरर र मोस्ट भ्यालुएबल खेलाडीले ५ हजार रुपैयाँसँगै ट्रफी प्राप्त गरेका छन्

सुन्दर ढोका साथी सेवाका संस्थापक कार्यकारी निर्देशक स्वर्गीय विकास अधिकारीको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँगै सातै प्रदेशबाट ९ टोली सहभागी थिए । महिलातर्फ ६ टोली सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?