+
+

सर्ट फिल्म ‘मेरिओनेट्स’बाट काममा फर्किइन् नम्रता

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १२:५८

काठमाडौं । यो वर्ष अभिनेत्री नम्रता श्रेष्ठको लागि उतारचढावपूर्ण रह्यो । उनको पछिल्लो फिल्म ‘जाइरा’ चार वर्षअघि रिलिज भएको थियो । यतिबेला भने उनी काममा फर्किएकी छन् ।

सामाजिक कथावस्तुमा बनेको छोटो एनिमेटेड फिल्म ‘मेरिओनेट्स’मा नम्रताले भ्वाइस एक्टरको भूमिकामा काम गरेकी हुन् । सोमबार सार्वजनिक भएको यो फिल्म सेयर गर्दै उनले उत्साह व्यक्त गरेकी छन् ।

उनी लेख्छिन्, ‘म एउटा एनिमेटेड छोटो फिल्म : मेरिओनेट्सको लिंकलाई सेयर गर्न पाउँदा उत्साहित छु, जसमा मेरो आवाज प्रस्तुत छ । यो हृदयस्पर्शी कथाले सानै उमेरमा विवाह गर्दा महिलाको मानसिक स्वास्थ्य र अन्तरपुस्तामा पार्न सक्ने असरबारे केही कुरा भनेको छ । छोरीले यस्ता चुनौतीको सामना गर्दा हुने समस्यालाई यो फिल्मले पेश गरेको छ ।’

प्राज्निक अवस्थी निर्देशित छोटो एनिमेटेड फिल्ममा नम्रता र अनुष्का पाण्डेको स्वर छ । जेसन कुँवरले संगीत दिएका छन् । अष्ट्रेलिया स्क्रिन क्यानबेरा नामक कम्पनीसँग मिलेर यो छोटो फिल्म निर्माण भएको हो । केही अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत यो फिल्म छनोट भइसकेको छ ।

फिल्ममा नम्रताले आमाको क्यारेक्टरमा आवाज दिएकी छन् भने अनुष्काले छोरीको भूमिकामा आवाज दिएकी छन् । उनले पछिल्लो पटक बर्लिन फिल्म फेस्टिभलको अन्तर्राष्ट्रिय प्रतिस्पर्धा विधामा छनोट भएकोमा ‘शाम्बाला’ निर्देशक मीनबहादुर भामलाई बधाई दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?