+
+

कोशी प्रदेश टी २० : कोशी र सुदूरपश्चिमको जित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते १९:४६

२२ फागुन, विराटनगर । विराटनगरमा सुरू भएको कोशी प्रदेश नेशनल टी २० च्याम्पियनसिपमा घरेलु टोली र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् ।

मंगबार बैजनाथपूरको गिरिजाप्रसाद कोइराला रङशालामा सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै सुखद सुरूआत गरेको हो ।पहिलो खेलमा घरेलु टोली कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको थियो ।

टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा २ विकेट गुमाउदै १ सय ७२ रनको योगफल तयार पारेको थियो । सुदूरका लागि नरेन भट्टले अविजित ६२, किरण ठगुन्नाले अविजित ५३ रन बनाएका थिए । त्यसैगरी, ओपनर खडक बोहराले ४१ रन बनाए। गण्डकीका लागि अमृत गुरूङ र सन्दिप क्षेत्रीले समान एक विकेट लिए ।

लक्ष्य पछ्याएको गण्डकीको टोली १७ दशमलव ४ ओभरमा १ सय ३२ रनमा समेटियो । उद्घाटन खेलमा कोशीले कर्णाली प्रदेशलाई ३८ रनले पराजित गर्याे ।

टस जितेर ब्याटिङ गरेको कोशीले निर्धारित २० ओभरमा ८ विकेट १ सय ४० को योगफल तयार पारेको थियो । कोशीका लागि अंकित सुवेदीले ४८ र सुजन थपलियाले ३८ रन जोडे ।
कर्णालीका लागि अनुजकुमार चन्द्रले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिएका थिए । कर्णालीको टोली १८ दशमलव ३ ओभरमा १ सय २ रनमा समेटिएको थियो । जित हात पारेको कोसीका लागि ३ विकेट लिएका दिपेश कडेल प्लेयर अफ दि म्याच भए ।

च्याम्पियनसिप अन्तर्गत बुधबार पहिलो खेलमा सुदूरपश्चिमले लुम्बिनी प्रदेश र दोस्रो खेलमा कर्णालीले मधेश प्रदेशको सामना गर्ने मोरङ जिल्ला क्रिकेट संघकम अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?