+
+

शंकर शतकबाट चुक्दा नारायणको ६ छक्का

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १३:५८
शरद भेषावकर ।

२५ फागुन, काठमाडौं । शंकर राना शतकबाट चुक्दा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी टी-२० राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लब सुदूरपश्चिम प्रदेशसँग ५२ रनले स्तब्ध भएको छ ।

पुलिसबाट खेल्दै नेपालका अनुभवी अलराउन्डर शरद भेषावकरले बलिङमा उत्कृष्ट प्रभाव छाडे पनि ब्याटिङमा राम्रो गर्न सकेनन् ।

जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा ६ विकेट गुमाउँदै १३१ रन बनायो ।

पुलिसका मध्यक्रमका ब्याटर शंकर रानाले ६२ बलमा ९ चौका र ५ छक्कासहित सर्वाधिक ९१ रनको अविजित इनिङ खेले ।

अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । अमित श्रेष्ठ ३, प्रेम तामाङ ५, दीलिप नाथ, शरद भेषावकर र मञ्जित श्रेष्ठले २–२ रन बनाए ।

पुलिसका पहिलो रोजाइका दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, राशिद खान, गुलशन झा, ललित राजवंशी, सागर ढकाल लगायतका खेलाडी सिनियर टोलीमा परेपछि प्रशिक्षक मञ्जित र व्यवस्थापक चित्र विष्टले पनि यस प्रतियोगिता खेलेका छन् ।

सुदूरको जितमा दीपक चन्द र शेर मल्लले २–२ विकेट लिए । कप्तान हेमन्त धामीले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चिए । नारायण जोशीले १ विकेट लिए ।

त्यसअघि बैजनाथपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८३ रन बनायो ।

सुदूरका नारायण जोशीले १२ बलमा ६ छक्कासहित ४० रनको आक्रामक इनिङ खेलेका थिए । किरण ठगुन्नाले १५ बलमा २ चौका र २ छक्कासहित ३० रन बनाए । ओपनर अभिषेक पालले ३९ बलमा ७ चौका र २ छक्कासहित ५८ रन बनाए ।

पुलिसका शरद भेषावकरले ४ ओभरमा १ मेडनसहित २० रन खर्चेर ३ विकेट लिए । मञ्जित श्रेष्ठले २, दीपक सेराला, चित्र विष्ट र ललित भण्डारीले १–१ विकेट लिए ।

सुदूरपश्चिमले पहिलो खेलमा गण्डकी प्रदेशलाई ४० रनले हराउँदा लुम्बिनीसँग ५८ रनले हार्न पुगेको थियो । प्रतियोगिता समूह ए मा एपीएफ, आर्मी, मधेश, कोशी र कर्णाली छन् ।

समूह बी मा पुलिस, बागमती, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम छन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् ।

समूह बी मा लुम्बिनी २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । सुदूर ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंक भएपनि नेटरनरेटको कारण दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?