+
+

बसिरको अलराउन्ड प्रदर्शनमा आर्मी विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १८:५६

२५ फागुन, काठमाडौं । युवा अलराउन्डर बसिर अहमदको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेश ट्रफी टी-२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ८ रनले हराएको छ ।

जितको लागि १४१ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै १३२ रन बनायो ।

कर्णालीका दीपेन्द्र रावत ४६ बलमा ३ चौका र २ छक्कासहित ४७ रनमा नट आउट रहे । विपिन रावल १८, रविन्द्रजंग शाही २२ र हिमान्शु शाही १४ रनमा आउट भए ।

आर्मीका नितेश पटेलले सर्वाधिक २ विकेट लिए । तृतराज दास, बसिर अहमद, पवन कार्की र साहब आलमले १–१ विकेट लिए ।

त्यसअघि बैजनाथपुर क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मीले २० ओभरमा ५ विकेट गुमाउँदै १४० रन बनाएको थियो ।

आर्मीका बसिर अहमदले ३८ बलमा समान २ चौका र छक्कासहित सर्वाधिक ४२ रन बनाए । सन्दीप रजाली ३४ बलमा १ चौका र २ छक्कासहित ४१ र सन्तोष कार्की ३४ रनमा आउट भए ।

कर्णालीका प्रकाश जैसीले २, दीनेश अधिकारी, दीवान पुन र दीपेन्द्र रावतले १–१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?