+
+

एडम स्यान्डलर बने सर्वाधिक कमाउने हलिउड अभिनेता, यस्तो छ शीर्ष १० को सूची

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २५ गते १८:०५

काठमाडौं । एडम स्यान्डलर हलिउडमा सबैभन्दा धेरै कमाउने अभिनेता घोषित भएका छन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको नयाँ सूचीमा उनी शीर्षस्थानमा छन् ।

नेटफ्लिक्सको रोमान्टिक-कमेडी-थ्रिलर सिरिज ‘मर्डर मिस्ट्री २’ ले उनलाई यो उपलब्धिका लागि मद्दत गरेको हो । फोर्ब्सका अनुसार उक्त सिरिजबाहेक अन्य तीन फिल्ममा समेत गरेर उनले सन् २०२३ मा ७३ मिलियन डलर कमाइ गरे ।

‘बार्बी’ स्टार मार्गोट रोबी सूचीको दोस्रो स्थानमा छिन् । ३३ वर्षीया अभिनेत्रीले गतवर्ष ५९ मिलियन डलर कमाइ गरेको उल्लेख छ । धेरै कमाउने उत्कृष्ट १० को सूचीमा अभिनेत्री रोबी सबैभन्दा कम उमेरकी हुन् ।

गत वर्ष रोबीले निर्माण गरेको फिल्म ‘बार्बी’ विश्व बक्स अफिसमा ब्लकबस्टर घोषित भएको थियो । यसले उनको लोकप्रियता र आम्दानीमा उछाल ल्यायो ।

फोर्ब्सको उक्त सूचीमा अभिनेता टम क्रुज तेस्रो, रोबीका ‘बार्बी’ सहकलाकार रायन गोस्लिङ र अभिनेता म्याट डेमोन संयुक्त रुपमा चौथो र स्यान्डलरको मर्डर मिस्ट्रिकी सहकलाकार जेनिफर एनिस्टन छैटौंमा छन् । उक्त सिरिजमा स्यान्डलर र जेनिफरले जासूस पति पत्नीको भूमिका निर्वाह गरेका छन् ।

‘मर्डर मिस्ट्री २’ गत वर्ष नेटफ्लिक्समा धेरै हेरिन पाँचौं सिरिज बनेको थियो, जसलाई १७३ मिलियन घण्टा हेरिएको थियो ।

यस्तो छ सूची

१. एडम स्यान्डलर – ७३ मिलियन डलर

२. मार्गोट रोबी – ५९ मिलियन डलर

३. टम क्रुज – ४५ मिलियन डलर

४. रायन गसलिङ – ४३ मिलियन डलर

५. म्याट डेमोन – ४३ मिलियन डलर

६. जेनिफर एनिस्टन – ४२ मिलियन डलर

७. लियोनार्दो डिकाप्रियो – ४१ मिलियन डलर

८. जेसन स्थाथम – ४१ मिलियन डलर

९. बेन एफलेक – ३८ मिलियन डलर

१०. डेन्जल वासिङ्टन – २४ मिलियन डलर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?