+
+

नयाँ गठबन्धन सरकारलाई झलनाथको सुझाव : जनताको अवस्था परिवर्तन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते १०:००

२६ फागुन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ गबन्धन सरकारलाई जनताको अवस्था परिवर्तन गर्ने गरी काम गर्न सुझाव दिएका छन् ।

पूर्वप्रधानमन्त्री खनालले नयाँ गठबन्धन सरकारलाई शुभकामना दिंदै ‘व्यवस्था परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन’ भन्ने गुनासो सम्बोधन गर्न सुझाव दिएका हुन् ।

जनताको गुनासो सम्बोधनका लागि सरकारले श्रमजीवी, भूमिहीन, गरीब र सुकुमबासी जनताका समस्याहरू समाधान गर्न भूमिसुधार गर्नुपर्ने, कृषि उत्पादनलाई व्यापक बनाउने, कृषि क्रान्तिलाई अघि बढाउनुपर्ने, मुलुकलाई राष्ट्रिय औद्योगिकरणको दिशामा अघि बढाउनुपर्ने बताएका छन् ।

शिक्षा र स्वास्थ्यमा आमूल परिवर्तन गर्नुपर्ने, मंहगी र मूल्य वृद्धिलाई नियन्त्रण गर्नुपर्ने, भ्रष्टाचारीलाई निर्ममतापूर्वक नियन्त्रण गर्नुपर्ने, हर क्षेत्रमा रोजगारी सिर्जना गर्नुपर्ने, राष्ट्रिय अर्थतन्त्रको हित अनुरूप भन्सार नीति बनाउनुपर्ने उनको भनाइ छ ।

उनले वित्तीय र मौऽकि नीतिमा सुधार गर्नुपर्ने, राष्ट्रिय उद्यमहरूको संरक्षण गर्नुपर्ने, देशको निजामती र जङ्गी प्रशासनलाई लोकतान्त्रिकरण गर्नुपर्ने, सर्बत्र सुशासन कायम गर्नुपर्ने, राज्यले दिने सेवालाई प्रभावकारी बनाउनुपर्ने, हाम्रा दुवै छिमेकीहरूबाट निर्वाध पारबहन सुविधा प्राप्त गर्न पहल गर्न सुझाव दिएका छन् ।

पग्लिरहेको हिमालको संरक्षण गर्नुपर्ने, फैलँदो प्रदूषणबाट वातावरणको संरक्षण गर्नुपर्ने, मुलुकलाई गरिबी उन्मुलनको दिशामा अघि बढाउनुपर्नेर्े, मुलुकको विकास निर्माणको कामलाई तीव्रता प्रदान गर्नुपर्ने, मुलुकको भूभाग र सीमानाको दृढतापूर्वक रक्षा गर्नुपर्ने चुनौतीपूर्ण कामहरुलाई नयाँ सरकारले कार्यभारका रुपमा लिनुपर्ने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?