+
+

‘वासुदेव’बारे विनोद चौधरी : त्यो फिल्मले पैसा कमाएन तर आत्मसन्तुष्टि दियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते ९:५९

काठमाडौं । फोर्ब्स अर्बपति विनोद चौधरी फिल्म निर्माता पनि हुन् । नीर शाहसँग मिलेर २०४० सालमा उनले फिल्म ‘वासुदेव’ बनाएका थिए । त्यसयता उनी फिल्म निर्माणमा फर्किएका छैनन् ।

यतिबेला भने सो फिल्मको दृश्य सेयर गर्दै चौधरीले पहिलोपटक फिल्म निर्माणको किस्सा सुनाएका छन् । फिल्म बनाउन आफूले १२ लाख लगानी गरेको र त्यो पैसा आफ्नो लागि एकदम ठूलो रहेको उनको भनाई छ ।

फिल्मले पैसा नकमाएपनि त्यसले दिएको आत्मसन्तुष्टि आफ्ना लागि महत्वपूर्ण रहेको चौधरीको भनाई छ ।

उनी लेख्छन्- केही समय पहिले एकजना मित्रले कति ब्यापारको तनाव लिनुहुन्छ, यसो रमाइलो गर्नुस भनेर यो क्लिप पठाउनु भएको थियो, समय ब्यस्तताले गर्दा हेर्ने अवसर प्राप्त गरेको थिएन । आज यो हेरे, निक्कै रमाइलो लाग्यो । यो त मैले २६ बर्षको उमेरमा २०४० सालमा बनाएको बासुदेव फिल्मको दृश्य पो रहेछ । ओहो त्यो बेला, वाइवाइको फ्याक्ट्री खुलेकै थिएन । नीर शाहज्युले ध्रुबचन्द्र गौतमज्यूको कट्टेल सरको चोटपटक भन्ने उपन्यासमा आधारित फिल्म बनाउन खोज्नु भएको रहेछ । मलाइ पनि जोडिन आग्रह गर्नुभयो । त्यो बेला बर्षमा एक दुई नेपाली फिल्मभन्दा बन्दैन थियो । मैले पनि हुन्छ भनेर १२ लाख लगानी गरेको थिए । त्यो बेला सो रकम एकदम ठूलो थियो मेरो लागि । त्यति रकमले त्यो समयमा काठमाडौमा ५/६ रोपनी जग्गा नै आउथ्यो । त्यो फिल्मले खासै पैसा कमाएन तर त्यो पैसा भन्दा त्यो फिल्मले दिएको आत्मसन्तुष्टि छुट्टै छ । त्यो बेलादेखिको साथी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य अहिलेपनि पारिवारिक साथीको रुपमा हामी जोडिएको छौ ।’

चौधरीले अयोध्याबाट जनकपुर आउने रामजानकी विवाहको जन्तीको सेटिङको कथामा फिचर फिल्म बनाउने तयारी गरेको खबर केही पहिले सार्वजनिक भएको थियो । साथै, निर्देशक दिनेश डीसीले चौधरीको जीवनीमा आधारित नेटफिल्क्स डकुमेन्ट्री बनाउने चर्चा पनि थियो ।

चौधरीले गतसाता दयाहाङ राई स्टारर फिल्म ‘डिग्री माइला’को फुटेज शेयर गर्दै यसबारे टिप्पणी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?