+
+

सांस्कृतिक महासंघको सल्लाहकारमा नीर शाह मनोनित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १७:५०

काठमाडौं । नेपाल सांस्कृतिक महासंघले पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको बुधबार बसेको बैठकपछि जारी विज्ञप्तिमा यसबारे जानकारी दिइएको छ ।

जसअनुसार सल्लाहकारमा साहित्यकार डा. ध्रुवचन्द्र गौतम, फिल्म निर्देशक तथा अभिनेता नीर शाह, चित्रकार किरण मानन्धर, साहित्यकार महेश प्रसाईं र गायक कृष्णसुधा ढुंगाना मनोनयन भएका छन् ।

बैठकले महासंघका सभापति तीर्थबहादुर थापाको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति पनि गठन गरेको छ । समितिमा महामन्त्री जोगिन्दर शिवशंकर र कलाकार, निर्माता र वितरक गोविन्द शाही छन् । सांस्कृतिक संघमा विशेष समिति शक्तिशाली अंग हो ।

अर्जुन गिरीको संयोजकत्वमा अनुशासन समिति, गंगाबहादुर पाण्डेको संयोजकत्वमा न्यायिक समिति र शर्मिला बोहराको संयोजकत्वमा विधागत संघसंस्था समन्वय विभाग गठन गरिएको छ ।

प्रभातमणि ओझाको संयोजकत्वमा आर्थिक विभाग, विपिन किरणको संयोजकत्वमा कार्यक्रम संयोजन विभाग, कुवेर गिरीको संयोजकत्वमा प्रचारप्रसार विभाग, कुमार बस्नेतको संयोजकत्वमा विदेश विभाग र महासंघ विधान संशोधन महासमिति संयोजकत्वमा कृष्णगोपाल केसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?