+
+

साउण्ड सिस्टम व्यवसायीले असहयोग गर्ने चेतावनी दिएपछि एलिनाले माफी मागिन्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २६ गते २०:४८

काठमाडौं । गायिका एलिना चौहानले साउण्ड टेक्निसियनसँग भनाभन भएको घटनामा आत्मालोचना गरेकी छन् । घटनालाई लिएर साउण्ड सिस्टम व्यवसायीले आपत्ति जनाएपछि चौहानले माफी मागेकी हुन् ।

साउण्ड सिस्टम व्यवसायीले चौहानका कुनैपनि कार्यक्रममा उपकरण उपलब्ध नगराउने चेतावनी दिएपछि उनले शनिबार फेसबुकमार्फत माफी मागेकी हुन् । उक्त घटनामा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेको उनले उल्लेख गरेकी छन् ।

सामाजिक सञ्जालमा लेखेकी छन्- मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु । आगामी दिनमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु ।’

गत फागुन २० गते पर्वतस्थित कुश्मामा आयोजित मगर महोत्सवमा गायिका चौहानले साउन्ड इन्जिनियर र टेक्निसियनमाथि अभद्र व्यवहार गरेको व्यवसायीको आरोप छ । चौहानले गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणासमेत गरेका थिए ।

एलिना लेख्छिन् :

जीवन भनेकै सिकाई र भोगाई त रहेछ । देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो । त्यही कारण म जे छु आज छु । हिजो जस्ती थिए उस्तै छु । सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन । बिर्सिने पनि छैन किनकी मलाई त भुईँबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो ।

तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकले मलाई मञ्च उपलब्ध गराइरहनुभएको छ । त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु ।

साउण्ड इन्जिनियर, रेकर्डिष्ट, छायाकार, अडियो÷भिडियो सम्पादक सबै पर्दा पछाडिका हिरो हुन । जो हामीलाई दर्शक श्रोता बिच पु¥याउने मूल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु । म उहाँहरूको सम्मान र स्वाभिमान प्रति सँधै सचेत छु ।

यति हुँदा हुँदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतिका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो ।

सो घटनामा तत्कालीन समयमा म आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु । मञ्चिय प्रस्तुतिका क्रममा साउण्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रूपमा स्वीकार गर्दछु । आगामी दिनहरूमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु । जय गीत, जय संगीत ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?