+
+

हल्दी र मेहेन्दीमा रमाउँदै एलिना चौहान, बुधबार गर्दैछिन् विवाह (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ४ गते २१:०७

काठमाडौं । गायिका एलिना चौहानले बुधबार प्रेमी विष्णु सापकोटासँग झापामा विवाह गर्दैछिन् । मंगलबार हल्दी र मेहेन्दी समारोह गरिएको छ ।

प्राप्त तस्वीरमा एलिनालाई हल्दी र मेहेन्दीमा सजिएर रमाएको देख्न सकिन्छ । विर्तामोडको विर्ता पार्टी प्यालेसमा आयोजित मेहेन्दी उत्सवमा उनी निकट साथीभाइ र आफन्त उपस्थित थिए ।

विवाह हुने थलो विर्ता पार्टी प्यालेसको सजावट भव्य छ । बुधबार विहान एलिनाको भाईको व्रतवन्धपछि दिउँसो विवाह गर्ने कार्यक्रम तय छ ।

मेहेन्दी उत्सवमा एलिना निकट गायिकाहरु मेलिना मैनाली र एन्जिला रेग्मी, मोडल रुविना अधिकारी, जुम्ल्याह मोडल स्मारिका र समारिका पनि देखिए ।

बेहुला सापकोटा चाहिँ जन्ती लिएर बागलुङ बजारबाट हिँडिसकेका छन् । बुधबार बिहान उनी झापा पुग्ने भएका छन् । लामो समयदेखिको प्रेमलाई यी दुईले विवाहमा परिणत गर्न लागेका हुन् ।

तस्वीर सौजन्य : गोपिकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?