+
+

एमालेको गोरखा जिल्ला अध्यक्षमा थापा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १२:३८
एमालेको गोरखा जिल्ला कमिटी अध्यक्षमा निर्वाचित सुरेन्द्र थापा (बीचमा) ।

२८ फागुन, गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

पार्टीको ८ औं जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत पाए ।

त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा काजिराम रोका ३५३ मत पाएर निर्वापचत भए भने प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए ।

उपसचिवमा मनोज जोशी र शान्ति चापागाईं निर्वाचित भएका छन् । जोशीले २६५ र चापागाईंले ३२० मत पाए ।

खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?