+
+

विशेष अवस्था बाहेक जहाज होल्डिङ घट्यो : त्रिभुवन विमानस्थल

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २८ गते १७:२८
फाइल तस्वीर

२८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले विशेष अवस्था बाहेक जहाज ‘होल्डिङ’ घटेको जनाएको छ ।

काठमाडौंको आकासमा अधिक चाप हुँदा जहाज बढी समय होल्ड गर्नुपरेको भन्दै विमानस्थल प्रशासनको आलोचना हुँदै आएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले सोमबार विज्ञप्ति जारी गर्दै विशेष अवस्था बाहेक होल्डिङ घटेको बताएका हुन् ।

आन्तरिक आगमन टर्मिनलको छुट्टै भवन बनाएर ब्यागेज बेल्टको व्यवस्था गरिएको र यसले यात्रुलाई सहज भएको समेत विमानस्थलको दाबी छ ।

यस वर्ष विमानस्थलमा पर्याप्त ट्रली व्यवस्था गरिएको र १२ जनासम्म अट्ने लिफ्ट जडान भएको भन्दै यसले यात्रु व्यवस्थापनमा सहज भएको प्रशासनको भनाइ छ ।

यस वर्ष यात्रु सहायता कक्ष निर्माण, भीआईपी सवारीसाधन कार्यविधि बनाइ व्यवस्थित गरिएको समेत प्रशासनले जनाएको छ ।

विमानस्थलभित्र निःशुल्क विद्युतीय सटल बस र पार्किङ सुविधा विस्तार सहित दीर्घकालीन महत्त्वका काम भएको विमानस्थल प्रशासनले उल्लेख गरेको छ ।

विमानस्थलमा चेक इन र प्रस्थान कक्ष विस्तारको काम भइरहेको र केही महिनामा थप हुनेसमेत प्रशासनको भनाइ छ । यस वर्ष अन्तर्राष्ट्रिय उडान संख्या र यात्रुसमेत बढ्दा राजस्व संकलन वृद्धि भएको प्रशासनको भनाइ छ ।

यो वर्ष साउनयता मात्र कुल २४ मध्ये २३ मुद्दा कार्यालयको पक्षमा आएको र यसले बक्यौता असुलीमा सहयोग पुगेको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?