+
+

मौसम खराब हुँदा त्रिभुवन विमानस्थलमा उडान–अवतरण प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते १८:३२

१० फागुन, काठमाडौं । मौसम खराब हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान–अवतरण प्रभावित भएको छ । बिहीबार साँझ सामान्य वर्षासँगैको तुवाँलोले ‘भिजिबिलिटी’ कम भएपछि आन्तरिक र अन्तर्राष्ट्रिय उडान–अवतरण प्रभावित भएको हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार मौसम खराब हुँदा उडान–अवतरण प्रभावित भएको हो । कतारको दोहाबाट आएको कतार एयरवेजको एउटा जहाज केही समय ‘होल्ड’ गरेर बल्ल अवतरण गर्न लागेको छ ।

त्यसैगरी भारत मुम्बईबाट आएको इन्डिगो एयरलाइन्सको जहाज मौसम खराब हुँदा अवतरण गर्न नसकेपछि लखनऊ ‘डाइभर्ट’ भएको झाले जानकारी दिए । आन्तरिकतर्फ यहाँबाट उडेका चार कम्पनीका जहाज पुनः काठमाडौं नै फिर्ता भएका छन् ।

‘खासमा अवतरण गर्न आउनेलाई सामान्य समस्या भए पनि उडान गर्नेलाई भने अलि समस्या भएको हो,’ झाले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?