+
+

त्रिभुवन विमानस्थल प्रमुखमा निरौला, तिवारीको भैरहवा सरुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १८:१६
जगन्नाथ निरौला

२१ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन् ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुखका रूपमा सरुवा गरिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

उनका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीको भने भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा सरुवा भएको छ ।

अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको छ । उनलाई अहिले निरौलाले हेरिरहेको कर्पोरेट विभाग प्रमुखका रूपमा सरुवा गरिएको हो ।

‘१२औं तहको दरबन्दी रहेका स्थानमा नियमित सरुवाका क्रममा महानिर्देशक स्तरीय निर्णयबाट यो फेरबदल भएको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?