+
+

विमानस्थलको डम्पिङ साइटमा बालेको आगो नियन्त्रणबाहिर गएपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते २१:३९

८ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारीले आन्तरिक टर्मिनल नजिकै रहेको डम्पिङ साइटमा मंगलबार साँझ ७ बजेतिर फोहोर बाल्न आगो लगाए ।

तर, आगो यति बढ्दै गयो कि धुँवाको मुस्लोले विमानहरुको उडान–अवतरण नै प्रभावित भयो । टाढाबाट हेर्दा विमानस्थलमा आगो लागिरहेको जस्तो देखियो ।

आगो बढ्दै जाँदा नियन्त्रणमा लिन विमानस्थलभित्रका चार वटा फायर भेहिकल परिचालन गर्नुपर्‍यो ।

विमानस्थल नागरिक उड्डयन प्राधिकरण स्रोतका अनुसार, आगो नियन्त्रणमा लिन विमानस्थलको ‘क्याटागोरी ९’मा राखिएका दमकलहरु परिचालन गर्दा विमानको उडान नै रोकिएको थियो । केही विमानहरु धुँवाको मुस्लोका कारण पनि रोकिए ।

स्रोतका अनुसार, साँझ ७ः२२ बजेदेखि ८ः०७ बजेसम्म यो क्रम जारी रह्यो । योबीचमा फ्लाई दुबईको एउटा विमानबाहेक अरु उडेनन् ।

अहिले भने विमानस्थलमा सामान्य रुपमा जहाज उडान अवतरण भइरहेको छ । यद्यपि, अहिले पनि धुँवा आउन भने छाडेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?