+

दूध पिउँदा स्वास्थ्यमा फाइदा मात्रै पुग्छ त ?

२०८० फागुन  २८ गते १८:०५ २०८० फागुन २८ गते १८:०५
दूध पिउँदा स्वास्थ्यमा फाइदा मात्रै पुग्छ त ?

समाजमा एउटा विश्वास छ- दूध मानव शरीरको लागि फाइदाजनक छ र यो एक स्वस्थ पेय हो । धेरैलाई राति सुत्नुअघि एक गिलास तातो दूध पिउने बानी पनि हुन्छ । तर यो पनि सत्य हो कि नवजात अवस्थापछि मानिसबाहेक अरू कुनै प्राणीले अन्य प्राणीको दूध पिउँदैनन् ।

के दूध यस्तो चीज हो जुन सबैले दैनिक पिउन सक्छन् ? दूधमा कस्ता पोषक तत्त्व पाइन्छ ? दैनिक कति दूध पिउनु स्वास्थ्यका लागि राम्रो हो ?  दूध कसले पिउनु हुँदैन ? मासु खानेहरूले पनि दूध पिउनु जरुरी हुन्छ ?

यस्तो प्रश्न मनमा उठ्न सक्छ ।

बाल स्वास्थ्य तथा पोषणविज्ञ अरुण कुमार दूधमा क्याल्सियम र प्रोटिनको मात्रा धेरै हुने भए पनि पर्याप्त मात्रामा मांसाहारी खाना खाएमा दूध पिउनु अनिवार्य नहुने बताउँछन् ।

डा. अरुण भन्छन्, ‘आदिम युगमा मानिसहरूमा धेरै प्रकारका पोषणको कमी हुने गर्थ्यो । त्यसैले पनि मानिसहरूले दूध दिने जनावर पाल्न थालेका हुन सक्छन् । त्यस बेला पोषणका लागि कृषिजन्य उत्पादनमा भर पर्न नसक्दा दूध पिउने चलन बढेको हुनसक्छ ।’

उनी अगाडि भन्छन्, ‘मानव समाजमा विगत १० हजार वर्षदेखि दूध पिउने बानी प्रचलनमा छ । अहिले हाम्रो खानपानमा धेरै सुधार भएको छ । हामीले खानेकुरा ठीकसँग खायौं भने दूध पिउनु पर्दैन ।’

‘शाकाहारी खाना मात्र खाने मानिसले भने दूध पिउन सक्छन् । तर दूध सबैका लागि फाइदाजनक हुँदैन, किनभने यसमा सुगर हुन्छ, जसलाई ल्याक्टोज भनिन्छ,’ डा. अरुण भन्छन्, ‘दूधलाई पचाउन, ल्याक्टोज भनिने इन्जाइम चाहिन्छ, जुन हाम्रो आन्द्रामा हुन्छ । यो इन्जाइम कम भएमा दूध राम्ररी पच्दैन र विभिन्न शारीरिक समस्या निम्तन सक्छ ।’

दूधमा कस्ता पोषक तत्त्व पाइन्छ ?

अधिकांश मानिस गाईको दूध पिउने गर्छन् । त्यसपछि भैंसीको दूध पिउने गर्छन् । १०० ग्राम गाईको दूधमा ६७ क्यालोरी हुन्छ भने त्यति नै भैंसीको दूधमा ११७ क्यालोरी हुन्छ । त्यसैले भैंसीको दूध लगातार पिउनाले तौल बढ्छ ।

डा. अरुण कुमारका अनुसार १०० ग्राम गाईको दूधमा १२० ग्राम क्याल्सियम हुन्छ भने त्यति नै मात्राको भैंसीको दूधमा २१० ग्राम क्याल्सियम हुन्छ । १०० ग्राम गाईको दूधमा ३.२ ग्राम प्रोटिन हुन्छ भने १०० ग्राम भैंसीको दूधमा ४.३ ग्राम प्रोटिन हुन्छ । तर दूधमा पाइने प्रोटिन ‘क्यासिन प्रोटिन’ राम्ररी नपच्ने प्रोटिन हो । त्यस्तै बोसोको कुरा गर्दा १०० ग्राम गाईको दूधमा ४.१ ग्राम र भैंसीको दूधमा ६.५ ग्राम फ्याट हुन्छ ।

दूध कसले पिउनुपर्छ ?

पहिले आमाको दूध पिउने बालबालिकामा मात्रै ‘ल्याक्टेज इन्जाइम’ पाचन प्रणालीमा दूधमा रहेको ल्याकटोजलाई पचाउने-टुक्राउने ल्याक्टेज नामक इन्जाइम हुन्थ्यो । अहिले दैनिक दूध पिउने बानी बसेपछि वयस्कत व्यक्तिको शरीरमा पनि परिवर्तन आएको डा. अरुणकुमार बताउँछन् ।

‘दूध पाचनसँग सम्बन्धित छ । कसैकसैले सामान्य रूपमा एक लिटर दूध पचाउन सक्छन् भने कसैलाई आधा गिलास दूधबाट ग्यास, पेट दुख्ने र पखाला लाग्ने हुनसक्छ । यस्ता व्यक्तिले दूध नपिउनु नै उपयुक्त हुन्छ,’ उनी भन्छन्, ‘दूधमा धेरै पोषक तत्त्व हुने भएकाले बच्चालाई दूध खुवाउन सकिन्छ तर यसले तौल बढाउँछ । त्यसैले बच्चालाई दूध मात्रै खुवाउनु हुँदैन । कतिपय बालबालिकाले दूधकै कारण अन्य खानेकुरा खान मान्दैनन् ।’

हरेक दिन कति दूध पिउनुपर्छ ?

केही वर्ष पहिले क्रिकेटर महेन्द्रसिंह धोनीले हरेक दिन चार लिटर दूध पिउने गरेको कुरा इन्टरनेटमा भाइरल भयो । तर धोनीले भनेका थिए कि म हरेक दिन एक लिटर दूध पिउने गर्छु ।

पोषणविद् धरिनी कृष्णा भन्छिन्, ‘सबैले दिनहुँ एक लिटर दूध पनि पिउन सक्दैनन् । हुनसक्छ धोनीमा एक लिटर दूध पचाउन सक्ने क्षमता छ किनभने उनी धेरै व्यायाम गर्छन्, तर एक स्वस्थ व्यक्तिले  दैनिक ४०० मिलिलिटर दूध वा ४०० ग्राम दही खान सक्छन् ।’

दूधमा चिनी मिसाएर पिउनु राम्रो हो ?

होमियोप्याथोलोजिस्ट डा. श्रवण कुमार भन्छन्, ‘हरेक दिन ४०० एमएल दूध पिउन सकिन्छ । बिहान २०० एमएल र बेलुका २०० एमएल दूध पिउनु राम्रो हुन्छ ।’ साँझमा चिनी मिसाएर दूध पिउनु हुँदैन । किनकि दूधमा पहिले नै पर्याप्त क्यालोरी हुन्छ । त्यसमा चिनी मिसाउँदा क्यालोरी बढ्छ र मोटोपनले सताउन सक्छ । साथै लगातार लामो समय दूधमा चिनी मिसाएर पिउँदा विभिन्न स्वास्थ्य समस्या निम्तन सक्छ ।

‘यदि कसैलाई अल्सर वा ल्याक्टोज एलर्जी छ भने उसले दूध पिउनबाट जोगिनुपर्छ,’ उनी भन्छन्, ‘यदि कसैलाई अपचको समस्या छ भने उसले दूध पिउनु हुँदैन ।’

यदि क्याल्सियमका लागि दूधको सट्टा अन्य कुनै विकल्प प्रयोग गर्न चाहनुहुन्छ र मांसाहारी हुनुहुन्छ भने चिकेन सुप, मटन सुप पिउन सकिन्छ ।

डा. श्रवण भन्छन्, ‘अण्डाको सेतो भागले पनि क्याल्सियम दिन्छ । घिउ, बदाम र हरियो तरकारीबाट पनि क्याल्सियम पाइन्छ ।’

बीबीसीबाट

दूध स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?

आईभीएफबाट जन्माइएका शिशु कति स्वस्थ हुन्छन् ?