+
+

अश्लील सामग्री प्रसारण गरेको भन्दै भारतमा १८ ओटीटीमाथि प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:४०

काठमाडौं । भारतको केन्द्र सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गरेको भन्दै १८ ओटीटी प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जालका ह्याण्डललाई पनि रोक लगाइएको छ ।

यी एप्स, ओटीटी प्लेटफर्म र सोसल मिडिया प्लेटफर्मले मनोरञ्जनको नाममा अश्लील र आपत्तिजनक भिडियो प्रस्तुत गर्दै आएको सरकारको दाबी छ । यी ओटीटी एपलाई धेरै पटक चेतावनी दिइएपनि सामग्रीमा सुधार नगरिएको सरकारको भनाइ छ ।

केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको १२ मार्चमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार यी एपको सूची सार्वजनिक गर्दै सरकारले उनीहरुको सामग्रीमा अश्लीलता रहेको बताएको छ ।

महिलालाई अपमानजनक रुपमा प्रस्तुत गरिएको, विद्यार्थी तथा शिक्षकबीचको सम्बन्ध र पारिवारिक सम्बन्धलाई पनि गलतरुपमा चित्रण गरिएको सरकारको भनाइ छ । सूची हेर्दा रोक लगाइएका प्लेटफर्ममा अधिकांश एडल्ट साइट छन् ।

सरकारले १८ ओटीटी एपमध्ये एउटालाई एक करोडभन्दा बढी डाउनलोड गरिएको जनाएको छ । यद्यपि नाम भने खुलाइएको छैन । गुगल प्ले स्टोरमा अन्य दुई अन्य एपलाई ५० लाखभन्दा बढी डाउनलोड गरिएको छ । यी ओटीटी प्लेटफर्मले दर्शकलाई उनीहरूको वेबसाइट र एपमा आकर्षित गर्न व्यापक रूपमा सोशल मिडियाको प्रयोग गर्थे । यी साइटको सोसल मिडिया खातामा ३२ लाखभन्दा बढी फलोअर्स छन् ।

यसअघि मन्त्रालयले ओटीटी प्लेटफर्ममा देखाइने सामग्रीबारे धेरै गुनासो आएको बताएको थियो । यसबारे गुनासो गर्नेमा सांसद, विधायक, बुद्धिजीवी र सामाजिक कार्यकर्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?