+
+

ओस्कार अवार्डमा मनोनित १० फिल्मलाई अनलाइनमा कसरी हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १० गते १४:४१

काठमाडौं । अन्ततः ओस्कार अवार्डको मनोनयन घोषणा भएको छ । ‘ओपेनहाइमर’ सर्वाधिक १३ विधामा मनोनयन हुँदा ‘बार्बी’ निर्देशक ग्रेटा गेर्विग र अभिनेत्री मार्गेट रोबी मनोनयनबाट बञ्चित हुनुपर्‍यो ।

यस वर्ष उधुम कमाइ गरेको फिल्म ‘बार्बी’ निर्देशक र अभिनेत्री विधामा ओस्कारमा मनोनित नहुँदा धेरैजना स्तब्ध बनेका छन् । अभिनेता रायन गोस्लिङले त यसलाई कम आँकिएको र आफू निराश भएको प्रतिक्रिया दिएका छन् ।

सर्वश्रेष्ठ फिल्म विधामा १० वटा फिल्म मनोनित छन् । तपाईंले अहिलेसम्म यी फिल्म हेर्नुभएको छैन भने अनलाइनमार्फत हेर्न सक्नुहुन्छ । यसका लागि तपाईंले ओटीटी प्लाटफर्म सब्सक्राइब गर्नुपर्ने हुन्छ ।

ओपेनहाइमर : यस वर्ष १३ विधामा मनोनित भएको यो फिल्म आणविक बमका पिता रोबर्ट जे ओपेनहाइमरको बायोपिक हो । किलियन मर्फीले यसमा शीर्ष भूमिका निर्वाह गरेका छन् । यो फिल्म फेब्रुअरी १६ देखि पिकक ओटीटी प्लाटफर्ममा स्ट्रिमिङ हुँदैछ । यसबाहेक एप्पल टिभी र अमेजन प्राइम भिडियोबाट किनेर र रेन्ट गरेर पनि यसलाई हेर्न सकिन्छ ।

पुअर थिंग्स : एम्मा स्टोन र मार्क रफेलो अभिनित यो फिल्मलाई जनरा-डिफाइङ फिल्म भनिएको छ । भन्नुको अर्थ, यो आमरुपमा परिभाषित जनराभन्दा भिन्न छ । अब्जर्ड कमेडी यो फिल्म सर्वाधिक ११ विधामा ओस्कारमा मनोनित छ । तपाईं नेपालबाहिर बस्नुहुन्छ भने ओटीटी प्लाटफर्म फ्यान्डांगोमार्फत हेर्न सक्नुहुन्छ । नेपालका लागि भने फिल्म अझै उपलब्ध छैन ।

किलर्स अफ द फ्लावर मुन : लियोनार्दो डिक्याप्रियो, लिली ग्लाडस्टोन र रोबर्ट डी नीरो अभिनित यो फिल्मलाई मार्टिन स्कोरसिजले निर्देशन गरेका हुन् । अमेरिकाको ओसेज थलोमा तेलखानी उत्खनन् गर्दाको श्रृंखलाबद्ध हत्याको कथावस्तुमा यो फिल्म बनेको हो । यो फिल्म एप्पल टिभी प्लसमा स्ट्रिमिङ भइरहेको छ भने प्राइम भिडियोमा किनेर वा रेन्टमार्फत हेर्न सकिनेछ ।

बार्बी : यो फेन्टासी एड्भेन्चर फिल्मलाई ग्रेटा गेर्विगले निर्देशन गरेकी हुन् । बार्बील्याण्डको संरक्षणका लागि वास्तविक विश्वको यात्रामा निस्किएका पात्रको कथा यसले भन्छ । यो फिल्म ओटीटी प्लाटफर्म म्याक्स, प्राइम भिडियो, डिरेक्टर टिभी स्ट्रिम, हुलुमा पनि उपलब्ध छ । एप्पल टिभी र प्राइम भिडियोमा पनि बाइ वा रेन्ट सुविधा छ ।

माएस्ट्रो : ‘अ स्टार इज बर्न’पछि ब्राड्ली कुपर निर्देशित यो दोस्रो फिल्म हो । संगीतको कथावस्तुमा बनेको यो फिल्म नेटफ्ल्क्सिमा स्ट्रिमिङ भइरहेको छ ।

एनाटोमी अफ अ फल : जस्टिन ट्रिएट निर्देशित यो फिल्ममा सान्ड्रा हुलरले पतिको हत्या गरेपछि अदालती सुनुवाइ खेपिरहेकी एक पुस्तक लेखिकाको अभिनय गरेकी छन् । यो फिल्मलाई एप्पल टिभी र प्राइम भिडियोमा किन्न र रेन्ट गर्न सकिनेछ ।

अमेरिकन फिक्सन : कर्ड जेफरसन निर्देशित यो फिल्ममा जेफ्री राइटले एक भिक्षुको भूमिका निर्वाह गरेका छन् । निराशावादी एक लेखक जो संस्कृतिको कारणमा मानिसमा रहेको परम्परागत मूल्य मान्यतालाई घटाउन लागिपर्छ । अश्वेत वर्णका अमेरिकीको कथा यसमा छ । यो फिल्मलाई प्राइम भिडियोमा प्रि-अर्डर गर्न सकिन्छ । तपाईं नेपालबाहिर बस्नुहुन्छ भने ओटीटी प्लाटफर्म फ्यान्डांगोमार्फत हेर्न सक्नुहुन्छ ।

द जोन अफ इन्ट्रेस्ट : मार्टिन एमिसको उपन्यासबाट रुपान्तरित यो फिल्म बेलायती निर्देशक जोनाथन ग्लेजरको चौथो फिल्म हो । पर्खालभित्र ब्रिटिस कमाण्डोका परिवारले आफ्नो सपनाको जीवन कसरी जिएका छन् भन्ने कथावस्तु यसमा छ । यो फिल्म नेपालभित्र कुनै ओटीटीमा स्ट्रिमिङ छैन । नेपालबाहिर बस्नुहुन्छ भने तपार्ईंले फ्यानडांगोमार्फत हेर्न सक्नुहुन्छ ।

पास्ट लाइभ्स : ग्रेटा लीले समयको तीन बिन्दुहरूमा अवलोकन गरिएको एक महिलाको भूमिका निर्वाह गरेकी छन् । जसमा तीओ यू र जोन मगरो पुरुष पात्रको रूपमा छन् । ती महिलाको कथा दुई महाद्वीपमा कसरी जोडिएको छ भन्ने कथा यसमा छ । यो फिल्मलाई एप्पल टिभी र प्राइम भिडियोमार्फत हेर्न सकिन्छ ।

द होल्डओभर्स : क्रिसमसको बिदामा कसरी एक शिक्षक र विद्यार्थी सँगै अल्झिन्छन् भन्ने कथावस्तुमा बनेको यो फिल्ममा द भाइन जोय रान्डोल्फ र डोमिनिक सेसाको शीर्ष भूमिका छ । यो फिल्म पिककमा स्ट्रिमिङ भइरहेको छ भने नेपालबाहिर फ्यान्डांगोमार्फत हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?