+
+

सुबु केसीलाई सुन प्रकरणमा मुद्दा चलाउन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते ११:२८

२ चैत, काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले सिफारिस गरेको छ ।

सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनी विरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो ।

दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ ।

तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ । सुन प्रकरणमा मुछिएकाहरूलाई उन्मुक्ति दिनेहरूमाथि कारबाही गर्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?