 
																			काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित कार्यक्रममा क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले क्यालेन्डर अनावरण गरे । कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीको उपस्थिति थियो ।
बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।
उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले आगामी दिनमा कम्पनीलाई थप सशक्त बनाउन नवीनतम प्रविधिको अधिकतम प्रयोग गरिने बताए । उनले सरोकारवालाको अपेक्षा पूरा गर्न कम्पनी प्रतिबद्ध रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4