+
+

लुम्बिनीलाई हराउँदै कर्णाली फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:५५

चैत्र २, काठमाडौं । कर्णाली प्रदेशले विराटनगरमा जारी कोशी प्रदेश ट्रफी टी–२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको छ ।

शुक्रबार भएको खेलमा जितको लागि १५२ रनको मध्यम लक्ष्य कर्णालीले १८.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो । कर्णालीको जितमा अर्जुन घर्तीले २७ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । दिनेश अधिकारीले २० बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा नट आउट रहे ।

कप्तान रविन्द्रजंग शाही २४, मनिष थापा १०, विपिन रावल १९, हिमांशु शाही ५ र दीपेन्द्र रावत ११ रनमा आउट भए । लुम्बिनीका वीर मगर, निर्मल गुरुङ, देव खनाल, नर सार्की र कृष्ण कार्कीले १–१ विकेट लिए ।

त्यसअघि बैजनाथपुर मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनी प्रदेश १८.२ ओभरमा १५१ रनमा अल आउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ३९ बलमा १० चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । निर्मल गुरुङले २२, देव खनालले १२, प्रज्वल थापाले ११ र दिलसाद अलीले १४ रन बनाए ।

कर्णालीका दीपेन्द्र रावतले ४, प्रकाश जैसीले ३, दिवान पुनले २ र दिनेश अधिकारीले १ विकेट लिए । पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको थियो ।

फाइनल शनिबार हुनेछ । यसअघि समूह चरणमा आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?