+
+

हुण्डी कारोबारको आरोपमा चार जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १९:०९

२ चैत, काठमाडौं । हुण्डी कारोबार गरेको आरोपमा पर्सा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

उनीहरूलाई पर्साको वीरगञ्ज महानगरपालिका–१० आर्दशनगरबाट पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० का ३२ वर्षीय कुनालकुमार जैसवाल, वीरगञ्ज–२२ का ३९ वर्षीय वीरेन्द्र साह तेली, सोही ठाउँकी २० वर्षीया रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ का २५ वर्षीय मितुकुमार कुर्मी छन् ।

उनीहरूबाट विभिन्न बैंकको चेकबुक १३ थान, काटिएको चेक ६६ थान, डिपोजिट स्लिप ५ थान र नगद ४ लाख ३ हजार रुपैयाँ बरामद भएको पर्सा प्रहरीका प्रवक्ता तथा डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को कसुरमा अनुसन्धान सुरू गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?