+
+

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १६:०९

३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ ।

महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।

विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?