+
+

तारेभीर हत्याका आरोपी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १३:३१

४ चैत, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–३ स्थिती तारेभीर जंगलमा युवतीको हत्या गरेर शव गाडेको आरोपमा पक्राउ परेका युवालाई प्रहरीले सार्वजनिक गरेको छ ।

तारेभीरमा सुष्मा लामा नाम गरेकी १८ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका तारेभीरकै २१ वर्षीइ रुपेन्द्र लामालाई प्रहरीले सार्वजनिक गरेको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई घरैबाट पक्राउ गरेको थियो ।

आरोपी लामाले नै एक महिना अघि सुष्माको हत्या गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

सुष्मालाई आफू मन पराउने तर उनले मतलव नगरेपछि हत्या गरेको आरोपीले स्वीकार गरेको एसएसपी राठौरले बताए ।

एक महिना अघि हत्या गरेको पाइए पनि केही दिनअघि मात्रै स्थानीय शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?