+
+

घर छाडेका नागरिक साढे ४४ लाख, २२ लाख विदेशमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते २०:२४
फाइल तस्वीर

४ चैत, काठमाडौं । नेपालमा घर छाडेका नागरिकको जनसंख्या साढे ४४ लाख जना रहेको देखिएको छ । जनमध्ये २२ लाख नेपाली विदेशमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।

कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार घरमा अनुपस्थिति जनसंख्या ४४ लाख ५७ हजार ८२८ जना रहेको देखिन्छ । यो कुल जनसंख्याको १५.३ प्रतिशत हो ।

सहरभन्दा ग्रामिण भेगबाट धेरै नेपालीले घर छाडेको तथ्यांकमा देखिन्छ । घर छाडेको जनसंख्यामध्ये २२ लाख ६७ हजार २३६ जना मुलुकभित्रै एक स्थानबाट अर्को स्थानमा लामो समय बसिरहेको देखिएको छ । २१ लाख ९० हजार ५९२ जना नेपाली भने विदेशमा रहेको तथ्यांक छ ।

कार्यालयले २०७८ सालको जनगणनाका थप तथ्यांकहरु आइतबार सार्वजनिक गरेको हो । तथ्यांक अनुसार सबैभन्दा धेरै हिमाली र पहाडी भेगबाट घर छाड्नेहरु देखिन्छन् ।

तराईबाट ११ प्रतिशतले घर छाड्दा हिमालबाट २१.६ र पहाडबाट २०.३ प्रतिशत घरमा ६ महिना भन्दा लामो समय नबसेको देखिएको छ । घर छाड्नेमा पुरुषको जनसंख्या महिलाको तुलनामा धेरै देखिन्छ । विदेश जानेको संख्या अघिल्ला जनगणनाहरुको तुलनामा क्रमशः बढ्दै गएको समेत देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?