+
+

बीमामा आबद्ध अस्पतालले हप्तामा तीन दिन विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १२:४६

५ चैत, काठमाडौं। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ ।

स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको हो ।

बोर्डका अनुसार १०० शय्यासम्मको अस्पतालले हप्तामा १ दिन,  २०० शय्या सम्मको अस्पतालले हप्तामा २ दिन र ३०० शय्या वा सो भन्दा माथिका अस्पतालले हप्तामा ३ दिन  नजिकको आधारभूत वा प्रादेशिक अस्पतालहरूमा नियमित विशेषज्ञ ओपिडी  सेवा दिनुपर्नेछ ।

सरकारी स्वास्थ्य संस्था (आधारभूत अस्पताल, प्रादेशिक अस्पताल)ले आफूलाई अत्यावश्यक परेको वा देखिएको विशेषज्ञको सहयोग लिनको लागि नजिकको त्यस्ता विशिष्टिकृत स्वास्थ्य संस्थासंग समन्वय गर्नुपर्ने जनाएको छ ।

हेर्नुहोस् स्वास्थ्य बीमा बोर्डले लेखेको पत्र : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?