+
+

सहकारी ठगीका सम्बन्धमा छानबिन आयोग बनाउन एमाले सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १२:५९

५ चैत, काठमाडौं । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले सरकारले सहकारी आन्दोलनको संरक्षण गर्नुपर्ने बताएका छन् । यसका लागि सहकारीको रकम अपचलन भएको भनी उठेका विषयहरुको कारण खोजी गर्न सरकारले अधिकारसम्पन्न आयोग बनाएर अनुसन्धान गर्नुपर्ने उनको राय छ ।

‘सहकारी आन्दोलनलाइ संरक्षण गर्न सरकारले तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाउन पर्छ र जिम्मेवारपूर्वक (दोषी) खोजी गर्नुपर्छ’ सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले दोहोर्‍याए, ‘म सरकारलाई आग्रह गर्न चाहन्छु-तत्काल अधिकार सम्पन्न छानबिन आयोग बनाऔं ।’

साथै सरकारले कुन सामाजिक सहकारी हो र कुन दैनिक रकम संकलन गर्ने सहकारी संकलन गर्ने हो छुट्याउनुपर्ने उनले बताए । ‘सम्पतिको स्रोत प्रमणित गरौं । यी दोस्रो खाले सहकारी (रकम संकलन गर्ने)ले जम्मा गरेको सम्पतिको स्रोत के हो ? त्यो कुराको प्रमणित गर्न लगाऔं,’ सांसद पोखरेलले भने ।

सहकारीका ऋणीहरुको पनि अध्ययन गर्नुपर्ने उनको प्रस्ताव छ । उनी भन्छन्, ‘ऋणीहरु कुन प्रकारका छा सदस्यहरुको बीचबाट बनेका ऋणीहरु हुन् या अन्य क्षेत्रबाट भएका ऋणीहरु हुन् ती ऋणीलाई खोजौं ।’

ऋण फर्काउनै पर्ने बाध्यकारी बनाउने र सरोकारवालाहरुसँग छलफल गरेर प्रचलित कानुनमा आवश्यकतामा आधारमा संशोधन गर्नुपर्ने उनले बताए । यसो गरे सहकारी समस्याका सम्बन्धमा समाधान निकाल्न सकिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?