+
+

नयाँ थ्रीलर फिल्ममा प्रदीपसँग जोडी बाँध्दै बेनिशा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १८:१८

काठमाडौँ । प्रदीप शाहीले निर्देशन गर्न लागेको अनटाइटल फिल्ममा प्रदीप खड्का र बेनिशा हमालले जोडी बाँध्ने भएका छन् । यो साई-फाई जोम्बी थ्रीलर फिल्मको लिड-लेडीमा बेनिशा अनुबन्धित भएकी हुन् ।

अभिनेता खड्कासँग हमालले पहिलोपटक स्क्रिन सेयर गर्न लागेकी हुन् । नाम तय नभैसकेको फिल्मको पटकथा निर्देशक शाहीले लेखेका हुन् । शाही प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्ममा ह्याम्सायर एकाउन्टेनको सहकार्य हुनेछ ।

फिल्मका अन्य कलाकार र प्राविधिक तय हुन बाँकी रहेको जनाइएको छ । शाहीको अघिल्लो फिल्म ‘अन्तिम संस्कार’ गतवर्ष नेपालमा रिलिज भएको थियो । यो फिल्ममा परम्परागत रहस्यका तत्व पनि समावेश हुने जनाइएको छ ।

प्रदीप शाही निर्देशित पहिलो फिल्म ‘गोर्खा : बिनिथ द ब्रेभरी’ अमेजन प्राइममा रिलिज भएको थियो । नयाँ फिल्म पनि विदेशी बजार र ओटीटीलाई लक्षित गर्दै बनाउन लागिएको जनाइएको छ ।

बेनिशाको कुरा गर्दा, उनले गतमहिना भारतीय फिल्म ‘दुर्गम’को छायांकन सकाएकी छन् जुन उनको डेब्यु भारतीय फिल्म समेत हो । गतसाता उनी अभिनित ‘उपहार’ रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?